गृहपृष्ठ खबर कपिलवस्तुमा भैलो हेरेर फर्किदै गरेका मोटरसाइकल एक आपसमा ठोकिदाँ एक जनाको मृत्यु

कपिलवस्तुमा भैलो हेरेर फर्किदै गरेका मोटरसाइकल एक आपसमा ठोकिदाँ एक जनाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुमा भैलो हेरेर फर्किदै  गरेका दुई मोटरसाइकल एक आपसमा ठोकिदाँ एक युवकको ज्यान गएको छ । जिल्लाको शिवराज नगरपालिका- ५ मा भएको उक्त दुर्घटनामा ३० बर्षिय प्रवेश रोका मगरको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ६० प ३५०५ नम्बर र विपरीत दिशाबाट आएको युके ०७ डि जेड ६००८ नम्बरको दुई वटा मोटरसाइकल एक आपसमा ठोकिएका हुन् ।

दुर्घटनामा ३ जना गम्भीर घाइते भएका थिए । घाइते हुने वडा नम्बर ९ का किसन दर्लामी, सागर घर्ती, सुदिप क्षेत्रीको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गीता प्रसाद चौधरीले बताए ।

सम्बन्धित् समाचार