गृहपृष्ठ खबर ट्रेड युनियन कपिलवस्तुका नेता शर्माको मृत्यु

ट्रेड युनियन कपिलवस्तुका नेता शर्माको मृत्यु

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।
ट्रेड युनियन कपिलवस्तुका नेता भक्तिराम शर्मा (गुरुप्रसाद)को निधन भएको छ । नेपाली कांग्रेस बाणगंगा नगर समितिका पुर्व नगर सदस्य समेत रहेका शर्माको आज निधन भएको हो ।

शर्माले बाणगंगा ७ बनगाईमा रही नेपाली कांग्रेसमा सक्रिय भई राजनिति गर्दै आउनु भएको थियो । साथै यातायात ब्यवसायीका रुपमा परिचित शर्माको निधनले पार्टीलाई ठुलो असर परेको नेपाली कांग्रेस बाणगंगा नगर समितिका सभापति बिष्णु थापाले वैखरीलाई बताए ।

५७ बर्षका शर्मा पछिल्लो समय ब्रेन ट्युमर रोगले ग्रसित रहनु भएको थियो । उहाँको एक श्रीमति १ छोरा २ छोरी रहेका छन । शर्मा ट्रेड युनियन कपिलवस्तुका जिल्ला उप सभापति समेत भई जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।

सम्बन्धित् समाचार