गृहपृष्ठ खबर उद्योगी व्यवसायीको समस्याको जडसम्म पुगेर समाधान गर्न कटिबद्ध छु : मन्त्री राणा

उद्योगी व्यवसायीको समस्याको जडसम्म पुगेर समाधान गर्न कटिबद्ध छु : मन्त्री राणा

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापा ‘रोज राणा’ ले हाल उद्योगी व्यवसायीहरुलाई परेको समस्याहरु समाधान गर्न आफु तत्पर रहेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस बाणगंगाले चारनम्बर जीतपुरमा आयोजना भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उद्योग विस्तार गर्न चाहने युवालाई प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

 

मन्त्री भएको केही समय मात्र भएको बताउँदै उनले भने, ‘भर्खर मन्त्री भएर आको छु, धेरै कुरा बुझिसकेको पनि छैन् । उद्योगी व्यवसायीको समस्याको जडसम्म पुगेर समाधान गर्न कटिबद्ध छु ।’

उनले उद्योग स्थापनामा नगरपालिकाले कार्यक्रम बनाए प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

प्रदेश सरकारहरू अधिकार प्राप्त भई नसकेका र केन्द्र सरकारले कानुन निर्माणको काम नसकेकाले प्रदेश सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए। पछिल्लो समय प्रदेश विघटन गर्नुपर्ने आवाज उठिरहेको भन्दै मन्त्री राणाले परीक्षण गर्न नपाउँदै निर्णयमा पुग्नु उचित नहुने जिकिर गरे।

उनले कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागी उम्मेदवार बनेका गणेश बहादुर क्षेत्रीको प्यानललाई अग्रिम शुभकामना समेत दिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार