वैखरी अनलाइन, बाणगंगा ।
आसन्न कपिलवस्तु उद्योग बाणिज्य सघंको १६ औँ साधारणसभा तथा ८ औँ अधिवेशन नजिकिदै जादा कपिलवस्तु उद्योग बाणिज्य सघं अधिवेशनमा अध्यक्षका दावेदार गणेश बहादुर क्षेत्रीले “ मेरो उमेद्धवारी ब्यवसायीको असल साथी बन्न हो, प्रतिष्ठाको लागी होइन ” बताएका छन ।
बिगत २ दशकबाट आफु पनि ब्यवसायमा आवद्ध रहेकोले ब्यवसायीहरुको पिडा तथा दुख बुझने उमेद्धवारका रुपमा आफुलाई लिएको बताउदै सबै ब्यवसायीलाई सहयोग गर्न उनले आग्रह गरेका छन ।
करिव २ दशकदेखि सामाजिक काम गर्दा ब्यवसायीहरुको पिडा पनि राम्रोसगं बुझेकाले ति समस्या समाधानका लागी निरन्तर लागेकाले पनि आफु अध्यक्ष पदमा बिजयी हुने क्षेत्रीले वैखरी अनलाइनलाइ बताए ।
क्षेत्री अहिले आफनो ब्यवसायीको साझा प्यानलसहित ब्यवसायीको घरदैलोमा छन ।