गृहपृष्ठ खबर चुनावी प्रतिस्पर्धाबाट किन पछि हटे युवा व्यवसायी पोख्रेल ?

चुनावी प्रतिस्पर्धाबाट किन पछि हटे युवा व्यवसायी पोख्रेल ?

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघको १६औं साधारण सभा तथा ८औं अधिवेशन माघ २३ गते मंगलबार हुदैं छ । विशेषतः अधिवेशनबाट आगामी नेतृत्वको लागी को आउँछ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ ।

तर ६ र ७ औं अधिवेशनमा अत्याधिक मतसहित विजयी भएका ईन्द्र पोख्रेल भने चुनावी प्रतिस्पर्धाबाट बाहिर छन् । जसले गर्दा अधिकांश व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । बाणगंगा नगरपालिका ८ बोडगाउँ निवासी पोख्रेल राष्ट्रपतिबाट समेत सम्मानित युवा व्यवसायी हुन् । बर्षौदेखि संघबाट प्राप्त जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्दै आएका उनले कपिलवस्तु उद्योग बाणिज्य संघले लगाउने महोत्सवमा समेत विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

युवा व्यवसायी पोख्रेल संघको संस्थागत विकासका निम्ति अहोरात्र खटिने व्यवसायीमा पर्दछन् । उनी चुनाव नलड्ने भएपछि अहिले चर्चाको विषय बनेको छ । उनले बाहिरबाट नै सहयोग गर्दै व्यवसायीको हकहितमा काम गर्ने बताएका छन् ।

साधारण सदस्य भएरै संस्थागत हितको लागी जहाँ जहिले पनि खटिन आफु तयार रहेको उनको भनाई छ । उनले हाल व्यवसायीहरुमा आर्थिक मन्दि छाएको भन्दै आगामी नेतृत्व सर्वसम्मत गर्न आह्वान समेत गरेका छन् ।

उनले अब आउने नेतृत्वले यस क्षेत्रका व्यवसायीको पिर मर्का बुझेर आवश्यक कदम चाल्न आवश्यक रहेको बताए ।

सम्बन्धित् समाचार