गृहपृष्ठ खबर नेतृत्वमा आएपछि दैनिक १६ घण्टा ब्यवसायीको हकहितमा काम गर्छु ः क्षेत्री

नेतृत्वमा आएपछि दैनिक १६ घण्टा ब्यवसायीको हकहितमा काम गर्छु ः क्षेत्री

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएका युवा व्यवसायी गणेश बहादुर क्षेत्रीले व्यवसायीहरुको सुरक्षा तथा लगानीमैत्री वातावरणलाई आफुले प्राथमिकतामा राखेको बताएका छन् ।

 

युवाको प्रतिनिधित्वको नयाँ आयाम स्थापित गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए । उनले हरेक व्यवसायीका समस्या ब्यक्तिगत ढंगले भए पनि सुन्ने, समाधानका लागि पहल गर्ने कार्य गरेको भन्दैं नेतृत्व लिएर नै काम गर्न चाहेकोले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

 

 

उनले संघमा आवद्ध सम्पुर्ण व्यवसायीहरूको बिमा गराउने बताउँदै नेतृत्वमा आएपछि दैनिक १६ घण्टा व्यवसायीको हकहितमा काम गर्ने जिकीर गरे । उनले युवाहरुलाई उद्यमशील बनाउन विभिन्न तालिमहरू सञ्चालन गर्नुका साथैं व्यवसाय गर्न सहजीकरण गर्ने बताए ।

 

उनले संघमा व्यवसाय गर्ने व्यवसायी भन्दा गैरव्यवासयिकको संख्या निर्णायक हुने खतरालाई आफुले चिर्दै जाने उद्घोष समेत गरेका छन् ।

 

उनले बजारलाई क्षेत्रलाई थप व्यवस्थित गर्नका लागि पार्किङ्ग र फुटपाथ व्यवसायीहरुको उचित व्यवस्थापनका लागि ठोस प्रस्तावसहित सम्वन्धित निकायमा पहल गर्ने, घर भाडा मनोमानी ढंगले बढाउने प्रवृतिलाई नित्साहित गर्दै वैज्ञानिक भाँडा प्रणाली लागु गराउन सम्वन्धित निकायमा प्रस्ताव लैजाने जस्ता विषयलाई आफुले प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताएका छन् ।

 

उनले व्यवसायीहरूको आस्था, धरोहर, विश्वास र भरोसा बोकेको संघको गरिमालाई थप उचाईमा पुर्याउने बताए ।

उम्मेदवार क्षेत्रीले पछिल्लो समयमा गहिरिँदै गएको आर्थिक संकट, व्यवसायीहरू पलायनको खतरामा रहेको बताए ।

उनले विगतमा संघका विभिन्न जिम्मेवारी निर्वाह गर्दा प्राप्त जिम्मेवारी अनुसार व्यवसायीका पक्षमा दृढतापूर्वक लागेको बताए ।

सम्बन्धित् समाचार