गृहपृष्ठ खबर कपिलवस्तु उद्योग वाणिज्य संघ : सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

कपिलवस्तु उद्योग वाणिज्य संघ : सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तु उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनीहरुले शनिबार एक कार्यक्रकाबीच सपथ ग्रहणसंगै पदभार ग्रहण गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्रीसहितका पदाधिकारीहरुले एकसाथ सपथ ग्रहण गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर केन्द्रिय उपाध्यक्ष श्रीकृष्ण वैद्यले नवनिर्वाचित पदाधिकारीहरुले आग्रह पुर्वाग्रह नराखी सम्पुर्ण उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्नुपर्ने बताए । आर्थिक मन्दिका कारण पछिल्ला केहि वर्ष यता देश भरका उद्योगी व्यवसायी मर्कामा परेको भन्दै उनीहरुलाई माथि उठाउने गरि काम गर्न आग्रह गरे ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले कुनै पनि क्षेत्रको विकासको लागि सरकार र निजि क्षेत्रको सहकार्य जरुरी रहेको भन्दै संघसंग नगरपालिका सहकार्य गर्न तत्पर रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्रीले आफुले जिल्लाका उद्योगी व्यवसायीहरुको पक्षमा खटेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले त्यसमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।

निवर्तमान अध्यक्ष डोलकराम घिमिरेले आफु अध्यक्ष हुँदा उद्योग व्यवसायीको पक्षमा भरपुर काम गरेको भन्दै आगामि दिनमा आफ्नो सहयोग रहिरहने बताए । ३ वर्षे कार्यकालमा आफुहरुले व्यवसायीको पक्षमा विभिन्न काम गरेको भन्दै अबको नेतृत्वले अझ प्रभावकारी ढङ्ग बाट काम गर्नेमा विश्वास व्यक्त गरे ।

सम्बन्धित् समाचार