गृहपृष्ठ खबर स्ववियु निर्वाचनका उम्मेदवारलाई नेविसंघ कपिलवस्तुको सम्मान

स्ववियु निर्वाचनका उम्मेदवारलाई नेविसंघ कपिलवस्तुको सम्मान

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल विधार्थी संघ जिल्ला कार्यसमिति कपिलवस्तुले नेविसंघबाट स्ववियु निर्वाचनका उम्मेदवारलाई सम्मान गरेको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा आयोजित एक कार्यक्रमकाबीच स्ववियू निर्वाचनमा उम्मेदवार बनेकाहरुसंग अन्तरक्रिया गर्दै उनीहरुलाई नेविसंघ कपिलवस्तुले सम्मान गरेको नेविसंघका जिल्ला सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।


प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य रोमलाल खनाल, नेपाली कांग्रेस कपिलवस्तुका उपसभापति हुमकान्त खनाल, सचिव शक्तिसिंह ठकुरी, कपिलवस्तु क्षेत्र नं.२ का सभापति समेत रहेका बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ लगायतले उनीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेविसंघलाई विधार्थीको साथीको रुपमा स्थापित गर्दै संगठनलाई सदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेविसंघका जिल्ला सभापति चन्द्रकान्त पोख्रेलको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रमको संचालन नेविसंघकी जिल्ला सहसचिव सोना पाण्डेले गरेकी थिईन् ।

सम्बन्धित् समाचार