गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा ‘ब्लड बैंक’ को शुभारम्भ

कपिलवस्तुको बाणगंगामा ‘ब्लड बैंक’ को शुभारम्भ

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगामा ब्लड बैंकको शुभारम्भ गरिएको छ । विहिबार एक कार्यक्रमकाबीच ब्लड बैंकको शुभारम्भ गरिएको हो ।

लुम्बिनी प्रदेशका सांसद तथा पुर्व स्वास्थ्यमन्त्री विष्णु प्रसाद पन्थीले ब्लड बैंक स्थापनासंगै बिरामीहरुलाई रगत खोज्दै भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले अबको केहि दिनमै नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखा सिद्धिपुरमा नेको इन्स्युरेन्सको सौजन्यमा नयाँ एम्बुलेन्स आउने र विरामीलाई थप सहजता प्रदान गर्न सकिने बताए ।

उनले सेवामा सहजता र गुणस्तरीयता कायम गर्दै व्यवस्थित रुपमा संचालन गर्नुपर्नेमा जोड दिए । उनले नेपाल रेडक्रस उपशाखा सिद्धिपुरको भवनलाई थप निमार्णका लागि प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता जनाए । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले उपशाखा सिद्धिपुरमा विगतको दिनमा विभिन्न सामग्रीहरु प्रदान गरेको स्मण गर्दै आगामी दिनमा अन्य भौतिक संरचना निमार्णका लागि नगरपालिकाले सहयोग गर्ने बताए । उनले बुटवलको ब्लड बैंकसंग सम्झौता गरि नगरबासीहरुलाई निःशुल्क रुपमा रगत उपलब्ध गराईरहेको जानकारी दिए ।

बाणगंगा राईर्डस क्लब कपिलबस्तुको टोलीले रगत दान गरेको सचिव रामचन्द्र बेल्बासेले जानकारी दिए । उनले आफुलाई पायक पर्ने समयमा नेपाल रेडक्रस उपशाखा सिद्धिपुरमा गई रगत दान गर्न समेत अपिल गरे ।

रेडक्रस सोसाइटी, बाणगंगा नगरपालिका, उद्योग बाणिज्य संघ, सिद्धार्थ सामाजिक विकास केन्द्र लगायतका विभिन्न संघ संस्थाको संयुक्त पहलमा सिद्धिपुर शाखामा ब्लड बैंक सुचारु गर्न पाएकोमा रेडक्रस सोसाईटि जितपुर उपशाखाका अध्यक्ष शंकर पाण्डेले खुशी ब्यक्त गरे ।

कार्यक्रममा बाणगंगा नगरपालिका पुर्व नगर प्रमुख मंगल प्रसाद थारु ,नेपाल रेडक्रस सोसाईटीका प्रदेश सदस्य भगवानदास चौधरी, जिल्ला सभापती केशव सिंह लगाएतले बोल्नुभएको थियो । बाणगंगा राईडर्स क्लब कपिलबस्तुका सचिव रामचन्द्र बेल्बासेलाई ब्लड पिन्ट प्याकेट दिएर उद्घाटन गर्नुभएको हो ।

ब्लड बैंक स्थापना भएपछि बिरामीको ज्यान जोगिने मात्र होइन पैसा खर्च गरेर अन्यत्र जानु पर्ने बाध्यता समेत हट्ने स्थानीयहरुले विश्वास लिएका छन् ।

सम्बन्धित् समाचार