गृहपृष्ठ खबर बुद्धभूमिमा नगर शिक्षक समिति गठन

बुद्धभूमिमा नगर शिक्षक समिति गठन

प्रकाशित मिति:

कपिलवस्तु ।

नेपाल शिक्षक महासंघको बुद्धभूमि नगरपालिका नगर शिक्षक समिति गठन भएको छ । संघको दोस्रो अधिवेशनबाट शिक्षक मोहन प्रसाद गौतमको संयोजकत्वमा २५ सदस्यीय नयां कार्यसमिति गठन भएको हो ।

नवनिर्वाचित अध्यक्ष मोहन प्रसाद गौतमले नयाँ कार्यसमितिले शिक्षकको हकहित, संरक्षण एवं शैक्षिक स्तर सुधारसहित बुद्धभुमी नगरपालिकाभित्रको शिक्षामा सुधार गराउने प्रतिवद्धता गर्नुभएको छ ।

नगरसमितिको सह-अध्यक्षमा रमेश कुमार त्रिपाठी, उपाध्यक्ष नारायण अधिकारी, महिला उपाध्यक्ष खिमा झाक्री मगर, सचिव बेद प्रकाश पन्थी, सह सचिव रामप्रसाद उपाध्याय, सहसचिव महिला किरण चौधरी, अर्थ सचिव टेक भुसाल, सहसचिव संस्थागत अंकुश श्रीवास्तव, दुर्गा प्रसाद अधिकारी लगायत जीवलाल पन्थी, अजय तिवारी, राम सुभाग यादवसहितका सर्वसहमतिमा निर्वाचित भएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केशव कुमार श्रेष्ठले शिक्षकले राज्यको सेवासुविधा लिदैं गरेकोले आफ्नो दायित्वसमेत पूरा गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख श्रेष्ठले नगरभित्रका शिक्षा क्षेत्रमा सुधारका लागि चाल्नुपर्ने कदमबारे आफुलाई जानकारी गराउन आग्रह गरे ।

कार्यसमितिको पहिलो बैठकले अधिवेशनको समिक्षा, खाता संचालन तथा शैक्षिक सुधारका एजेन्डामा छलफल गरेको छ ।

सम्बन्धित् समाचार