वैखरी अनलाईन, बाणगंगा ।
नेपाल ज्योतिष परिषद कपिलवस्तुको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । परिषदको शुक्रबार भएको चौथो जिल्ला अधिवेशनबाट पौडेल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
जसको वरिष्ठ उपाध्यक्षमा चन्द्रकान्त पन्थी, उपाध्यक्षहरुमा पिमसरा सारु र ऋृषिराम भण्डारी, सचिवमा दिपक भट्टराई, सहसचिवहरुमा सन्तोष बन्जाडे र सागर अर्याल, कोषाध्यक्षमा बाबुराम अर्याल, सहकोषाध्यक्षमा बाबुराम अर्याल निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलका अनुसार कार्यसमिति सदस्यहरुमा अर्जुन घिमिरे, छविलाल पोख्रेल, दुर्गा रिजाल, रिमा घर्ती, विकास पौडेल, विक्रम सिंह र शशिधर पाठक निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले नेपाल ज्योतिष परिषद्लाई आजका दिनसम्म यो स्थानसम्म ल्याउन भूमिका खेल्ने सम्पूर्णलाई स्मरण गर्दै यो संस्थालाई अझै अग्रणी बनाउन क्रियाशील रहने बताए ।
उनले ज्योतिष शास्त्र गहन शास्त्र भएको बताउँदै संसारलाई बाटो देखाउने शास्त्र ज्योतिष भएको बताए । उनले ज्योतिष र धर्मशास्त्रको एक अर्काका परिपूरक भएको बताए ।
नेपाल ज्योतिष परिषद् एकजुट भएर अघि बढेमा कसैले ज्योतिषीको हकहितको लागि हस्तक्षेप गर्न नसक्ने उनले बताए ।