गृहपृष्ठ खबर स्वरोजगार बनाउन बाणगंगामा ७ दिने उद्यमशिलता विकास तालिम सुरु

स्वरोजगार बनाउन बाणगंगामा ७ दिने उद्यमशिलता विकास तालिम सुरु

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा मंगलबारदेखि ७ दिने उद्यमशिलता विकास तालिम सुरु भएको छ ।

स्वरोजगार सृजना गरेर आर्थिक उन्नति गर्ने उद्देश्यले उक्त तालिम कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा सुरु भएको हो । लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौको आयोजना र कपिलवस्तु उद्योग बाणिज्य संघको सह–आयोजनामा तालिम सुरु भएको हो ।

संघका महासचिव नवदत्त घिमिरेले तालिममा ३५ जना भन्दा बढी उद्योगी व्यवसायीको सहभागीता रहेको जानकारी दिए । उनले तालिममा सहभागीहरुलाई उद्यमशिलता सम्बन्धि आवश्यक सिपहरु सिकाइने बताए ।

तालिमले सहभागीलाई आत्मनिर्भर बनाउन मार्गनिर्देश प्रदान गर्ने बताईएको छ । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बाणगंगा नगरापालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सिकेको सिपलाई कार्यान्वयन गर्ने गरि तालिमबाट आवश्यक ज्ञान, सिप हासिल गर्न अपिल गरे । तालिम पश्चात स्थानीय स्तरमा उद्यमशिलता विकास हुने उनको विश्वास छ ।

बाणगंगाले हरेक वर्ष करडौ रुपैयाँ खर्चेर विभिन्न तालिम सञ्चालन गर्ने गरेको बताए । उनले ति तालिम पश्चात दैनिक व्यवहारमा उतार्न सके मात्र तालिमले सार्थकता पाउने बताए ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले नयाँ उद्यमीको लागि व्यवसाय गर्नेका लागी आवश्यक योजना, सिप र ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोनजा गरेको बताए । उनले बाणगंगासहित जिल्लालाई नै आर्थिक रुपमा सबल गराउने गरि उद्योग बाणिज्य संघ लागेको बताए ।

लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौका शाखा अधिकृत चन्द्रदेव जोशीले देश भित्रै रोजगार र स्वरोजगार सृजना गरि बलियो अर्थतन्त्र बनाउने उद्देश्यले तालिम सुरु गरिएको बताए ।

सम्बन्धित् समाचार