वैखरी अनलाईन, बाणगंगा ।
जिल्लाको बाणगंगा नगरपालिका- ४ दर्शक चोकमा मोटरसाइकल दुर्घटना भएको छ । चारनम्बर- तौलिहवा सडकखण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदाँ ५ जना घाईते भएका छन् ।
लु७२ प १९८० र लु ११ प १४१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् ।
मोटरसाईकल चालक कपिलवस्तुको मायादेबी गाउँपालिका- १ पकडीका २१ बर्षीय प्रमोद चौधरी र अर्का मोटरसाईकल चालक बाणगंगा नगरपालिका- २ राजपुरका ३२ बर्षीय बिजय थारु रहेको खुलेको छ ।
घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझिले वैखरीलाई जानकारी दिए । उनले घाईतेमध्ये ४ जनलाई थप उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको बताए ।
उनले सामान्य घाईते भएका एक जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भईरहेको जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।