गृहपृष्ठ Featured २० वर्ष पुगेर विवाह गर्ने किशाेरीलाई २० हजार !

२० वर्ष पुगेर विवाह गर्ने किशाेरीलाई २० हजार !

सप्तरी ।

सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपैयाँ दिने गर्ने भएको छ । बालविवाह न्यूनीकरणका लागि यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

विभिन्न प्रयास गर्दा पनि दलित समुदायमा बालविवाह गर्ने चलन हटाउन नसकेकोले अब २० वर्ष पुगेपछि विवाह गर्ने किशोरीलाई २० हजार रुपैयाँ दिने कार्यक्रमले बालविवाह कम हुने अपेक्षा गरेको बोदेबरसाइनका मेयर आतेशकुमार सिंहले बताउनुभयो ।

बोदेबरसाइनकी उपमेयर रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गर्नुभयो ।

 

सम्बन्धित् समाचार