गृहपृष्ठ खबर रुपन्देहीमा छुरा प्रहारबाट घाइते युवा सङ्घका नेताको मृत्यु

रुपन्देहीमा छुरा प्रहारबाट घाइते युवा सङ्घका नेताको मृत्यु

प्रकाशित मिति:

बुटवल। राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देहीका पूर्व सदस्य रवि थापाको छुरा प्रहारबाट मृत्यु भएको छ । एक समूहको छुरा प्रहारबाट घाइते भएका बुटवल–७, निवासी ३६ वर्षीय उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरस्थित एक रेस्टुरेन्टमा छुरा प्रहार भएको थियो ।

युवा सङ्घ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले थापाको निधनले सङ्गठनलाई पीडा बोध भएको बताउँदै घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रहरीसमक्ष ध्यानाकर्षण गराइएको बताए ।

रेस्टुरेन्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचान समेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवा सङ्घको गुनासो छ ।

इलाका प्रहरी कार्यालयका बुटवलका डिएसपी विजयराज पण्डितले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।उनले घटनाक्रम सुक्ष्म रुपमा अनुसन्धान  भए पनि अझैसम्म  नियन्त्रणमा  कसैलाई नलिएको बताए ।

सम्बन्धित् समाचार