गृहपृष्ठ खबर बोलबम मेलाको पुर्व सन्ध्यामा लक्ष्मणघाट परिसरमा शसस्त्र प्रहरीद्धारा सरसफाइ

बोलबम मेलाको पुर्व सन्ध्यामा लक्ष्मणघाट परिसरमा शसस्त्र प्रहरीद्धारा सरसफाइ

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मणघाट परिसरमा शसस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हेडक्वाटरले बोलबम मेलाको पुर्व सन्ध्यामा सरसरफाइ गरेको छ ।

शसस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हेडक्वाटर बर्मेली टोलका शसस्त्र प्रहरी निरिक्षक धनन्जय केसिको कमाण्डमा खटिएको टोलीले सो क्षेत्रमा सरसफाइ गरेको हो ।

शसस्त्र प्रहरीको टोलीसहित वडा नम्बर ६ का वडाध्यक्ष करुण टण्डन लगायतका वडाका युवाहरुको समेत सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै शसस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हेडक्वाटर शसस्त्र प्रहरी निरिक्षक धनन्जय केसिले वडाध्यक्ष करुण टण्डन र बोलबम धाम लक्ष्मणघाट मन्दीरका अध्यक्ष रन बहादुर काउचाले यस क्षेत्रको बिकासमा खेलेको भुमिका र भावी योजना उदारणीय भएको बताउँदै त्यसलाई सफल पार्न केही मात्रमा भएपनि टेवा पुगोस भन्ने उदेश्यले आफनो टोलीद्धारा यस क्षेत्रमा सरसफाइ गरीएको बताए ।

त्यस्तै बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष करुण टण्डनले शसस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हेडक्वाटरलाई धन्यवाद दिदै नियमित सहकार्य गर्दै जाने बताए ।

यसैबिच शसस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हेडक्वाटर कपिलवस्तुका प्रमुख रामजगं पाण्डेले समय सापेक्ष यस क्षेत्रमा आफनो टोलीले सरसफाइका कार्यलाई निरन्तरता समेत दिने प्रतिबद्धता जनाए । साथै बिपतका घटना बढि हुने समय भएकाले सबैलाई सचेत रहन आग्रह गर्दै पाण्डेले बिपतका घटना न्यनीकरणका लागी आफुहरु लागी परेको बताएका छन ।

साथै वडाध्यक्ष टण्डनले साउन महिनामा लाग्ने बोलबम मेलामा आउने भक्तजनलाई मध्यनजर गर्दै वडाको नेतृत्वमा थप सरसफाई, भक्तजनको आवात जावातलाई ब्यवस्थापनदेखि सुरक्षालाई मध्यनजर गर्दै आवश्यक कार्यको तयारी समेत गरी रहेको वैखरी अनलाईनलाई जानकारी दिए ।

साथै बोलबम धाम लक्ष्मणघाट मन्दीरका अध्यक्ष रन बहादुर काउचाले साउन महिनामा लाग्ने बोलबम मेलालाई सफल पार्न सरोकारवाला सबैलाई आग्रह गरेका छन ।

सम्बन्धित् समाचार