गृहपृष्ठ खबर कपिलवस्तुको मायादेविद्धारा ३६ जना महिला स्वयंसेविकालाई नगद र सम्मानसहित बिदाई

कपिलवस्तुको मायादेविद्धारा ३६ जना महिला स्वयंसेविकालाई नगद र सम्मानसहित बिदाई

प्रकाशित मिति:

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको मायादेवि गाउँपालिकाले एक कार्यक्रमकाबिच ३६ जना महिला स्वयंसेविकालाई नगरसहित सम्मान गरेर बिदाई गरेको छ । पालिकाको कार्यालयमा भएको सो कार्यक्रममा महिला स्वयंसेविकालाइ नगद रु २५ हजार सहित दोसल्ला ओडाएर सम्मानसहित बिदाई गरिएको हो ।

 

सो अवसरमा मायादेवि गाउपालिका अध्यक्ष वलिउद्दीन मुसलमानले महिला स्वयंसेविको योगदानको प्रशंसा गर्दै महिला स्वयंसेविकाले पालिकाको स्वास्थ्य क्षेत्रको बिकासमा पु¥याएको योगदानको चर्चापरिचर्चा गरेका थिए ।

त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले जिवनको उर्जाशिल समय यस क्षेत्रका नागरिकको स्वास्थ्यमा दिएको आभार ब्यक्त गर्दै उहाहरुको योगदानलाई पालिकाले स्मरणसमेत गरी रहने बताए ।

सो अवसरमा मायादेवि गाउपालिकाका  पशु शाखा अधिकृत प्रमेश्वर यादव, लेखा शाखाका गिरिराज गौतम, स्वास्थ्य शाखाका महेन्द्र प्रसाद यादव लगायत महिला स्वयंसेविकाको सहभागिता रहेको पालिकाले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार