गृहपृष्ठ खबर बुद्धभुमीका मेयर श्रेष्ठ भन्छन “धर्म सस्कृति संरक्षरणमा सबै एकजुट हुन आवश्यक”

बुद्धभुमीका मेयर श्रेष्ठ भन्छन “धर्म सस्कृति संरक्षरणमा सबै एकजुट हुन आवश्यक”

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले धर्म सस्कृति र परम्परा संरक्षणमा सबै एकजुट हुन आवश्यक रहेको बताएका छन । आज बाणगंगा नगरपालिकाको वडा नः २ को नन्दनगरमा मनकामना गुरुकुलम सस्कृत बिद्यापिठका बिद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै प्रमुख श्रष्ठले यस्तो बताएका हुन ।

 

नगर प्रमुख केशव कुमार श्रेष्ठले देशमा जतिसुकै बिकास र सम्बृद्धि भएतापनि आफनो धर्म कला सस्कृति र परम्परा बिर्सन नहुने बताएका छन । कुनै पनि देशको सम्पति त्यहाँको धर्म कला सस्कृति रहेको भन्दै मनकामना गुरुकुल बिद्यापिठले बटुकहरुलाई पढाएर यती राम्रो नतिजा ल्याएकोमा धन्यवाद समेत दिएका थिए ।

साथै यस गुरुकुल शिक्षाको बिकासका लागी आफु आफनो ठाउबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाउदै आर्थिक बर्ष २०८१÷८२ को बजेटमा गुरुकुलका लागी रु ५ लाख बिनियोजन समेत गरेको बताए ।

त्यस्तै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले धर्म सस्कृति हराउदैँ गएको यो अवस्थामा सबै मिलेर यसको संरक्षणमा लाग्न आवश्यक रहेको बताए ।
साथै अव बिद्यालय स्तरबाटनै कुनै एक बिषय सस्कृत भाषाको बिषय पठनपाठन गराउन आवश्यक देखेकाले यस्को कार्यन्वयनका बिषयमा आफु गम्भीर रहेको बताए ।

यसैबिच बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले मनकामना गुरुकुल बिद्यापिठको बिकास र प्रचारका लागी सबैको आवश्यक रहेको बताउदैँ सबैको साझा प्रयासले यसलाई प्रभावकारी रुपमा अगाडी बढाउन सकिने बताए ।

कार्यक्रम मनकामना सस्कृत गुरुकुलम प्रर्वधन समाज कपिलवस्तुका अध्यक्ष रविराज शर्मा ज्ञवालीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष बाल कुमारी अधिकारी पन्तको स्वागत मन्तब्य तथा सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा राजनितिक दल, सामुदायिक बन, ब्यस्थापन समितिका पुर्व पदाधिकारी तथा सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

एसईईमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले शतप्रतिशत नतिजा हासिल गरेको थियो । एसईईमा सहभागि १९ जना छात्रहरुमध्येमा १२ जना ए ग्रेड र ७ जना बी प्लस ग्रेडमा उर्त्तीण भएका थिए । गुरुकुलममा कक्षा १२ सम्म संस्कृत र नेपाली भाषामा अध्यापन हुदै आएको छ ।

 

सम्बन्धित् समाचार