वैखरी अनलाइन, शितगंगा ।
अर्घाखाची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ११ मा रहेको गैँडे सामुदायिक बन उपभोक्ता समुहले उपभोक्तालाई मल खाद बितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ११ स्थित मौवाबारीका कृषकलाई मल खाद बितरण गरीएको हो ।
स्थानिय सामुदायिक बनका उपभोतmालाई सिजन अनुसारका मल खाद बितरण गरिएको गैँडे सामुदायिक बनका अध्यक्ष जुद्ध बहादुर सुनारले बताएका छन ।
कृषकलाई आफनो उत्पादनमा बृद्धि गर्ने उदेश्यले सामुदायिक बनले मल खाद बितरण गरिएको बनकी सचिव सिता बेल्बासेले जानकारी दिइन । मौवाबारी ५० त्यसैगरी टिक्करीका १७ बिपन्न घरपरिवारलाई मल खाद बितरण गरिएको सचिव बेल्बासेले बताइन ।
सो सामुदायिक बनले उपभोक्ताका मागलाई मध्यनजर गर्दै बिभिन्न लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उपभोक्तालाई सेवा उपलब्ध गराउदै आएको छ ।