नवलपरासी — चट्याङ लागेर रामग्राममा एक जनाको मृत्यु भएको छ ।
सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नं १४ पर्सावल बस्ने ३५ वर्षीय ठाकुरनाथ कुवारको देवदहमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतवार बिहान बिहान पानी परिरहेको अवस्थामा खेतमा काम गर्न गएका कुवँरलाई चट्याङ लागेको थियो ।