वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघले ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीलाई विदाई गरेको छ । विहिबार संघकै कार्यालय चारनम्बरमा रायमाझीलाई मायाको चिनोसहित विदाई गरेको संघका महासचिव नवदत्त पौडेलले जानकारी दिए ।
रायमाझी केही दिन अघि मात्र बुटवल सरुवा भएका रायमाझीले बाणगंगा नगरपालिका क्षेत्रमा लागुऔषध दुव्र्यसनी नियन्त्रणमा प्रभावकारी काम गर्दै आएका थिए । उनले लागुऔषध कारोबारका मुख्य नाईकेहरुलाई नियन्त्रणमा लिन सफलता हासिल गरेका थिए ।
संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले रायमाझीले यस क्षेत्रका नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउँदै लागुपदार्थको कारोबारलाई निर्मूल पार्ने अभियानमा ठूलो सफलता हात पारेको भन्दै प्रशंसा गरेका थिए । उनले संघ र ईलाका प्रहरी कार्यालय पिपपराबिच समधुर सम्बन्ध स्थानपनाको लागी सहकार्यको वातावरण बनाएको बताए । उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्वअध्यक्ष उमानाथ पौडेल लगायतले रायमाझीले बाणगंगाबासीसंगै उद्योगी व्यवसायीको हितका लागी सहकार्य गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।
प्रहरी निरिक्षक रायमाझीले काम गर्ने क्रममा यस क्षेत्रका हरेक निकायले साथ सहयोग गरेको स्मरण गर्दै खुशी व्यक्त गरेका थिए । उनले आफु जहाँ रहे पनि यस क्षेत्रको शान्ति सुरक्षाको क्षेत्रलाई नजिकबाट नियाल्ने बताउँदै आफुले सक्ने सहयोग गरिरहने प्रतिवद्धता जनाए ।
उनले बाणगंगामा लागुऔषधको बिगविगीलाई रोक्न सबै सरोकारवालाहरुबचि सहकार्य अपरिहार्य रहेको बताए । सबैले प्रतिवद्धता गर्दै काम गर्ने हो भने एक बर्षभित्र यस क्षेत्रका हजरौं किशोर तथा युवाहरुमा लागुऔषधको शिकार हुनबाट बच्ने बताए ।