वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको ढक, डिजिटल काटा, तराजु नबिकरण तथा चेक जाँच कार्यक्रम सम्पन्न भएको छ ।
संघको कार्यालय चारनम्बर जितपुरमा बुधबारबाट सुरु ढक तराजु, डिजिटल काटा चेकजाँच तथा नविकरण कार्यक्रम आज सम्पन्न भएको हो । कपिलवस्तु उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष हुमनाथ पौडेलले यस क्षेत्रका करिव २ सय बढि सेवाग्राहीले यस मौकाको फाइदा लिएको वैखरीलाई बताए । बरिष्ठ उपाध्यक्ष पौडेलले यस क्षेत्रका ब्यवसायीलाइ मध्यनजर गर्दै नेपाल गुणस्तर तथा नापतौल कार्यालय बुटवलको सहकार्यमा यो कार्यक्रम आयोजना गरीएको बताए ।
सेवाग्राही मारमा नपरुन र ब्यवसायी आफनो ब्यवसायीप्रति जिम्मेवार बनुन भन्नका लागी यस्ता कार्यक्रमलाई निरन्तरता समेत दिने पौडेलको भनाई छ । साथै समय सापेक्ष हुने यस्ता कार्यक्रमलाई ब्यवसायीलाई जरिवानाबाट समेत बचाउने बिश्वास लिएको बताए
गुणस्तर तथा नापतौल कार्यालय बुटवलका अधिकृत गणेश पौडेलले नापतौल कार्यालयलाई सहकार्य गर्ने अवसर दिएको धन्यवाद दिदै सहयोगका लागी सघंको साथ सहयोग उल्लेखनीय रहेको बताए ।
त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य सघंका निबर्तमान अध्यक्ष तथा बरिष्ठ समाजसेवि डोलकराम घिमिरेले यस क्षेत्रका ब्यवसायीलाई समय सापेक्ष आवश्यक कार्यक्रम आयोजना गरेकोमा सघं र नापतौल कार्यालय बुटवलको टिमलाई धन्यवाद समेत दिएका छन ।
कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य सघंका निबर्तमान अध्यक्ष तथा बरिष्ठ समाजसेवि डोलकराम घिमिरे, उपाध्यक्षहरु खुमानन्द घिमिरे, राम जि सेन, नारायण पौडेल , मिना पौडेल महासचिव नवदत्त घिमिरे लगायतको सहभागिता रहेको थियो ।