बुटवल ।
रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा कपिलबस्तु —११ अन्तिम आठमा स्थान बनाएको छ ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा विहिबार भएको दोस्रो खेलमा नवयुवा खेलकुद तथा सास्कृतिक परिवारलाई ६-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।
कुन्जलापुरस्थित उमा निमाबिको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलबस्तुका क्याप्टेन सन्जु सेनले गोल गर्दै टिमलाई खाता खोले । खेलको ३० औ मिनेटमा निरज चौधरीले गोल गर्दै टिमलाई दोब्बर गरे ।
पहिलो हाफ २ शुन्यका अग्रता लिएको कपिलबस्तुले दोस्रो हाफमा ४ गोल थप्यो ।
खेलको ५१ मिनेटमा सन्जुले ब्यक्तिगत दोस्रो गोल गरे । यसैगरि ६२ औ मिनेटमा मनिष पुन र ६५ औ मिनेटमा अविनास थापाले गोल गरे । खेलको ७० औ मिनेटमा अबिनास थापाले गोल थपे ।
खेलमा कपिलबस्तुका अबिनास थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शुक्रबार लिस्नु युवा क्लब र सुनौलो संगम युवा क्लबका बिचमा खेल हुने खेल संयोजक बिजय पुनले बताए ।








