गृहपृष्ठ खबर लोकतन्त्र बलियो बनाउन मानवको इमान्दारीता र नैतिकतामा भर पर्छ ः उपाध्याय

लोकतन्त्र बलियो बनाउन मानवको इमान्दारीता र नैतिकतामा भर पर्छ ः उपाध्याय

वैखरी अनलाइन, बाणगंगा
नेपाली कांग्रेस कपिलवस्तु प्रदेश सभा १ क्षेत्रीय कार्यसमिति क्षेत्र नः १ ले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका स्थित कपिलवस्तु उद्योग बाणिज्य सघंको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा नेपाली कागं्रेसका नेता तथा पुर्वमन्त्री दिप कुमार उपाध्यायले कांग्रेसभित्र मनमुटाव आपसि छलफल तथा संबादबाट अन्त्य गर्न आवश्यक रहेको बताउदैँ इमान्दारीता र नैतिकतालाई सबैले ख्याल गर्न सके पार्टी एकहुने बताए । लोकतन्त्रलाई बलियो बनाउने आधारनै मानवमा हुने इमान्दारीता र नैतिकता भएको कागं्रेस नेता उपाध्यायको भनाई छ । मानवले आफनो इमान्दारीता र नैतिकतालाई बलियो बनायो भने सच्चा लोकतन्त्र स्थापित हुने उपाध्यायले बताए ।

त्यस्तै नेपाली कागं्रेस कपिलवस्तु जिल्लाका पुर्व जिल्ला सभापति राजेश आर्चायले पार्टी नेतृत्व तहले सबै कार्यकर्तालाई एउटै दृष्टीले हेर्न आवश्यक रहेको जिकिर गर्दै कृयाशिल सदस्यता बितरणदेखि नविकरणमा पुर्वाग्रह नराखी काम गर्न आग्रह गरेका छन ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कागं्रेसका कार्यबहाक जिल्ला सभापति हुमकान्त खनाल, नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र ः १ का सभापति अब्दुल मन्नान खाँ, जिल्ला नेताहरु राजेश सिंह, हुमलाल खनाल, बिक्रम सिंह थापा, बिष्णु प्रसाद न्यौपाने, डोलकराम घिमिरे, दुनिका भुसाल, रविराज आर्चाय, नेपाली कागं्रेस बाणगंगा नगर कार्य समितिका सभापति बिष्णु थापा कागं्रेसका महिला नेता इन्दीरा भट्टराई, बाल कुमारी अधिकारी पन्थ लगायतले शुभकामना मन्तब्य राख्दै आआफनो धारणा राखेका थिए । कार्यक्रम कपिलवस्तु प्रदेश सभा १ क्षेत्रीय कार्यसमिति क्षेत्र नः १ का सभापति दुर्गा केसिको अध्यक्षता , सचिव बिष्णु मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार