गृहपृष्ठ खबर कुन्द्रा सामुदायिक वनको १५ औं बार्षिक साधारण सभा सम्पन्न

कुन्द्रा सामुदायिक वनको १५ औं बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

नविन भुसाल, वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १ टिक्करमा अवस्थित कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम बुधबार वनको आफ्नै सभालहमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले कुन्द्रा सामुदायिक वनले वनले वनको संरक्षण सम्बद्र्धनसंगै सामाजिक विकासमा समेत योगदान गरेको स्मरण गर्नुभयो । वन अमूल्य सम्पत्ति भएको बताउँदै उहाँले यसको संरक्षणमा सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

वनसम्बन्धि ऐन नियमहरुको दायराभित्र रहेर काम गर्दै वनको आर्थिक पक्षलाई पारदर्शी बनाउनुपर्ने नगरप्रमुख श्रेष्ठको भनाई छ । उनले विगतदेखि नै वनहरुसंग लागत सहभागितामा काम गर्दै आएको बताउनुभयो । बुद्धभूमि सदैव वन अतिक्रमण रोक्ने पक्षमा रहेको बताउँदै उनले त्यसका लागी स्थानीय सहकारसंग सहकार्य गर्नुपर्ने बताए ।

डिभिजन वन अधिकृत अजित कुमार कर्णले वनको चक्रिय प्रणालीलाई दिन आग्रह गर्नुभएको थियो । उहाँले उमेर पुगेका रुखको कटान गरि नयाँ विरुवा रोप्ने कार्यलाई अगाडि बढाउनुपर्ने बताउँदै जथाभावी रुख काट्ने प्रवृतिलाई राक्नुपर्ने बताउनुभयो । उहाँले वन अतिक्रमण रोक्ने कार्यमा सबै सरोकारवाला एकबद्ध भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।

 

बुद्धभूमि नगरपालिका वडा नं.१ का वडाध्यक्ष तेजबहादुर बस्नेत ‘तिलक’ ले विभिन्न वनमा आर्थिक अनियमिता हुने गरेकाले त्यस तर्फ कुन्द्रा सामुदायिक पनि वन चनाखो हुन आवश्यक रहेको उनले बताउनुभयो । उहाँले वनमा आर्थिक आम्दानीको परिचालनको विषय चुनौतिका रुपमा देखिएको बताउनुभयो । वडाले विगतदेखि नै वनसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सव डिभिजन कार्यालय गोरुसिंगेका ईन्चार्ज दयाराम पौडेल सामुदायिक वनकै आम्दानीबाट वन संरक्षणसंगै गरिबी निवारण, आर्थिक तथा सामाजिक विकास गर्न सकिने बताउनुभयो । उहाँले वनको गन्तव्य निर्धारण गरेर अघि बढ्न सुझाव दिदैं अन्य सम्भावनाको खोजी गर्न पनि आग्रह गर्नुभयो । लागत अनुमान गरेर मात्र खर्च गर्ने परिपाटीको थालनी गर्नुपर्ने उहाँको भनाई छ ।

वनका अध्यक्ष प्रज्वल श्रेष्ठले प्रगति प्रतिवेदन र आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले सो क्रममा सम्बन्धित निकायसंग आवश्यक सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । वनले वन संरक्षण, सम्बद्र्धनलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष श्रेष्ठले समाज रुपान्तरणमा योगदान गर्ने चर्चा गर्नुभयो ।

वनकी कमला टण्डनको संचालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले वनले वन संरक्षणमा तुलनात्मक रुपमा अन्य वनभन्दा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

वनले सोही कार्यक्रममा नै शारीरिक रुपमा अशक्त उपभोक्ता र खेलाडीलाई प्रोत्साहन गर्न सम्मान समेत गरेको छ ।

सम्बन्धित् समाचार