गृहपृष्ठ खबर अवधी पत्रकार संघको कपिलवस्तुको जिल्ला अध्यक्षमा गुप्ता

अवधी पत्रकार संघको कपिलवस्तुको जिल्ला अध्यक्षमा गुप्ता

प्रकाशित मिति:

वैखरी अनलाइन, तौलीहवा ।
अवधी पत्रकार संघ, नेपाल कपिलवस्तु शाखाको तेस्रो अघिबेशनबाट अध्यक्षमा मनिष गुप्ता निर्बिरोध निर्बाचित भएका छन । गुप्ताको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति निर्बिरोध निर्वाचित भएको हो ।

 

समितिको उपाध्यक्षमा अजय सहानी, र सवितामा गुप्ता तथा सचिवमा बृजेश यादव, सह सचिवमा राज कुमार चमार कोषाध्यक्षमा हनुमान पाण्डेय, र सदस्यमा सुग्रिम बरई, लालु चौधरी निजामुद्दिन तेली रहेका छन । अधिबेशनको सांसद तथा पुर्वमन्त्री सुरेन्द्रराज आचार्यले उदघाटन गर्दै अवध कला संस्कृति भाषाको संबद्र्धनमा अवधी पत्रकारहरु लाग्नु पर्ने बताए ।उनले मधेसमा रहेको बालबिवाह बहुबिवाह दहेज प्रथा जस्ता कुरुती हटाउन समेत आवजा उठाउनु पर्ने बताए ।

 

सो अवसरमा अवधी पत्रकार संघका केन्द्रिय उपाध्यक्ष सनीउल्लाह धोबी, पत्रकार महासंघका प्रदेश सदस्य चिन्ता परियार, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, प्रेस युनियन कपिलवस्तु सभापति खग प्रसाद चापागाई, मधेसी पत्रकार संघका जिल्ला अध्यक्ष रमेश मिश्रा, दलित पत्रकार संघका जिल्ला अध्यक्ष शुम्भु बिक लगायतले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रम निरहु यादवको अध्यक्षता र दिलीप यादवको संचालनमा भएको थियो ।

सम्बन्धित् समाचार