गृहपृष्ठ खबर ‘१५औं कपिलवस्तु महोत्सवमा स्थानीय कलाकारलाई विशेष प्राथमिकता’

‘१५औं कपिलवस्तु महोत्सवमा स्थानीय कलाकारलाई विशेष प्राथमिकता’

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

१५ औं कपिलवस्तु महोत्सवमा स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिने भएको छ । मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रमका संयोजक रामजी सेनले आयोजकले कपिलवस्तुका कलाकारहरु विशेष महत्वका साथ प्राथममिकता दिने बताए । राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुद्धारा १५औं कपिलवस्तु महोत्सवमा आमदर्शकलाई मनोरञ्जन प्रदान गरिने उनको भनाई छ ।

प्रमोद खरेल, प्रकाश दुतराजदेखि शान्तिश्री परियार, समिक्षा अधिकारी, एलिना चौहानसम्मका राष्ट्रिय कलाकारको आगमनले दर्शकलाई सन्तुष्ट तुल्याउने उनको विश्वास छ । उनले विगतका महोत्सवभन्दा यसपटक दर्शकको रोजाईका गायकगायिका भित्राउने गरि तयारी भईरहेको बताए । उनले यस क्षेत्रका जातजाती, भाषाभाषीहरुको पहिचान झल्काउने गितसंगीतलाई समेत समावेश गर्ने प्रयास गरेको बताए ।

उनले १३औं कपिलवस्तु डान्स आईडल पनि कपिलवस्तु महोत्सवकै मुख्य आकर्षणका रुपमा रहदैं आएको बताउँदै यसले पनि आमदर्शकलाई मनोरञ्जन प्रदान गर्ने बताए । उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले विगतका महोत्सव भन्दा यस पटकको महोत्सवन मनोरञ्जनसंगै पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्यका दृष्टिकोणले पृथक हुन लागेको बताए ।

१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।

सम्बन्धित् समाचार