वैखरी अनलाईन, बाणगंगाा ।
१५औं कपिलवस्तु महोत्सवको पार्चौ दिन दिन अर्थात आईतबार चर्चित लोकदोहोरी गायक अर्जुन सापकोटा आउने भएका छन् ।
आईतबार सापकोटासंगै आधुनिक गायक हिमाल सागर, लोकदोहोरी गायिका रितु थापा लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले जानकारी दिए ।
शनिबार लोकदोहोरी गायिका शान्तारानी परियार, टंक तिमिल्सिना लगायत विधान कार्की लगायतका स्थानीय कलाकारहरुले प्रस्तुति राखेका थिए ।
यसैबीच शनिबार १३औं कपिलवस्तु डान्स आईडलतर्फका १५ जना प्रतिस्पर्धीहरुमध्ये एक जना बाहिरिका छन् ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।
कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।