गृहपृष्ठ खबर बुद्धभूमि नगरपालिका- ८ मा नयाँ प्रशासनिक भवन बन्दै, नगरप्रमुख श्रेष्ठले गरे शिलान्यास

बुद्धभूमि नगरपालिका- ८ मा नयाँ प्रशासनिक भवन बन्दै, नगरप्रमुख श्रेष्ठले गरे शिलान्यास

प्रकाशित मिति:

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.८ को प्रशासनिक भवनको शिलान्यास गरिएको छ । नगरप्रमुख केशव कुमार श्रेष्ठले शुक्रबार एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरेका हुन् ।

 

भवनको शिलान्यास गर्दै नगरप्रमुख श्रेष्ठले हाल रहेको वडाको भवन भन्दा अब बन्ने भवन व्यवस्थित र आधुनिक प्रकृतिको हुने बताए । भवन बनेपछि सेवाग्राहीले सहजै गुणस्तरिय सेवा प्राप्त गर्ने उनको विश्वास छ ।

उनले नगरपालिकाका सबै वडाको प्रशासनिक भवनलाई क्रमिक रुपमा आधुनिक बनाउँदै लग्ने योजना रहेको बताए ।

अहिलले भवन जिर्ण अवस्थामा हुँदा सेवाग्राहीसंगै जनप्रतिनिधि र कर्मचारी समेतलाई सेवा प्रवाह गर्न असहज भएकाले नयाँ भवन बनाउन लागिएको वडाध्यक्ष कपिलदेव तिवारीले बताए । उनले नयाँ भवन जेष्ठ नागरिक तथा अपाङ्गमैत्री बन्ने बताए ।

उनले निर्धारित समयमै भवनको निर्माण कार्य सम्पन्न गर्ने बताए ।

यस्तो बन्ने छ भवन

सम्बन्धित् समाचार