घनश्याम भर, कपिलवस्तु ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे दाेस्राे गाउँसभाकाे छैठौँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले छैठौँ अधिवेशनमा अर्धवार्षिक प्रगतिसहितकाे पुरक बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
गाउँसभालाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँपालिकाकाे समग्र विकासकाे काममा जनप्रतिनिधिले बढी चाँसाेे लिनुपर्ने बताएका छन् । जनताका हरेक समस्या जनप्रतिनिधिले नजिकबाट नियालेर हेरेकाे हुँदा जनताको आवश्यकता र मागलाई सम्बाेधन गर्न सजिलो हुने उनले बताए ।
गाउँपालिकाले स्वास्थलाई प्राथमिकतामा राखेकाे बताउँदै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य बिमा बाेर्डसँग ५० प्रतिशत अनुदानमा सम्झौता गरेकाे स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन घरदैलोमा पुग्न आग्रहसमेत गरे । अध्यक्ष थापाले गाउँ ब्लक लालपुर्जाकाे काम गाउँपालिकामै भइरहेको हुँदा काेही पनि नागरिक नछुट्ने गरि सबैलाई लालपुर्जा बनाउनका लागि जनप्रतिनिधिले आ-आफ्नो ठाउँबाट आफ्नो पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जाेड दिए ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले
प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघीय तथा प्रदेश सरकारबाट विभिन्न शिर्षकमा गाउँपालिकालाई प्राप्त हुने अनुदान तथा विशेष अनुदानको आकार बढ्दै गएकाे बताइन् । उनले विकास र समृद्धिका लागि हातेमालो गर्न विभिन्न गैर सरकारी संस्थाहरुकाे उपस्थितिबाट स्रोत साधनको उपलब्धता बढेकाे जिकिर गरिन् ।
स्रोत साधनको विनियोजनको अधिकार सहित जनताको सबैभन्दा नजिकको सरकार (गाउँको सिंहदरबार) को भूमिकामा रहेकाे हुँदा गाउँपालिकामा उपलब्ध उर्वर कृषि भूमि, वन पैदवार, नदिजन्य पदार्थ तथा जनसाङ्ख्यिकीय लाभांशको उपयोग मार्फत गाउँपालिकाको समृद्धि हासिल गर्न सकिने उपाध्यक्ष चाैधरीकाे भनाइ छ ।
यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले गाउँपालिकाकाे हरेक गतिविधिलाई पारदर्शी बजाउनुपर्नेमा जाेड दिएका छन् । उनले कर्मचारीले प्रशासनिक, कार्यसम्पादन लगायत थप अन्य कार्यलाई चुस्त दुरुस्त बनाउँदै सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रवाह गर्न आग्रहसमेत गरे ।