वैखरी अनलाइन, बाणगंगा ।
नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी सघं जिल्ला कार्यसमिति कपिलवस्तुको प्रथम अधिवेशन सम्पन्न भएको छ । जिल्लाको बाणगंगा नगरपालिका स्थित कपिलवस्तु उद्योग बाणिज्य सघंमा भएको प्रथम जिल्ला अधिवेशनले कृष्ण प्रसाद चालिसेको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको हो ।
जसको सचिवमा रिखिराम न्यौपाने, सहसचिवमा रिखिराम घिमिरे, कोषाध्यक्षमा सन्तराम थारु निर्वाचित भएका छन भने सदस्यहरुमा रमेश खडका , मदन भट्टराई, जिवन घिमिरे, हेमराज शर्मा, खडक बहादुर ठकुरी, दिपक बञ्जाडे लगायत रहेका छन ।
सो अवसरमा नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी सघं लुम्बिनि प्रदेशका कार्य बहाक अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षता, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव खोम बहादुर सिंह ठकुरी(शक्ति) को प्रमुख आथित्यता, नेपाल लोकतान्त्रीक यातायात ब्यवसायी सघंका केन्द्रिय उपसभापति अर्जुन राना भाट, नेपाल लोकतान्त्रीक यातायात ब्यवसायी सघंका केन्द्रिय सदस्य बिष्णु प्रसाद न्यौपाने, नेपाली कांग्रेस महासमिति सदस्य डोलकराम घिमिरे, दुनिका भुसाल, कांग्रेस नेता सुर्य प्रसाद बरालको बिशिष्ठ आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।