वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगाका दुई युवा लागुऔषध सहित २ जना पक्राउ परेका छन ।
जिल्लाको मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित वाणगंगा नगरपालिका वडा नम्बर ८ बोर्डगाउँ बस्ने ३५ वर्षीय विकाश परियार र बाणगंगा नगरपालिका ४ दरखास्त बस्ने ३२ वर्षीय कमल सेनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.८ प ७४४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।