गृहपृष्ठ खबर विजयनगरमा सहकारी संस्थाका व्यवस्थापकलाई सञ्चालित आधारभूत कम्प्युटर तालिम सम्पन्न

विजयनगरमा सहकारी संस्थाका व्यवस्थापकलाई सञ्चालित आधारभूत कम्प्युटर तालिम सम्पन्न

प्रकाशित मिति:

घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ४ माघ ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा सहकारी संस्थाका व्यवस्थापकहरुलाई सञ्चालित १५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । शुक्रबार दूधाधारी नमुना माध्यमिक विद्यालय गुगाैलीमा व्यवस्थापकलाई आधारभूत  कम्प्युटर तालिमकाे सुरुवात थियोे ।

सहकारी संस्थाका व्यवस्थापकलाई १५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको विजयनगरका राेजगार शाखा प्रमुख संयाेजक श्याम पुनले जानकारी दिए । उनले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (copomis) लाई व्यवस्थितलाई गाउँपालिकाभित्र रहेका १२ ओटा सहकारी संस्थाका व्यवस्थापकहरुका लागि आधारभूत कम्प्युटर तालिम दिएकाे बताए ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले पालिकाभित्र रहेका सबै सहकारीहरुलाई व्यवस्थित बनाउन कम्प्युटर तालिमले महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन् । उनले सहकारीमा आबद्ध सदस्यहरुलाई कृषिसँग जाेडेर अगाडी बढ्नुपर्ने बताए ।

 

उत्पादनमुलक कार्यमा आबद्ध भएपछि आर्थिक रुपमा सबल हुँदै जाने उनकाे भनाइ छ । सहकारीलाई व्यवस्थित बनाउँदै सहकारीबाट प्रदान हुने सेवा सुविधा समान रुपमा उपलब्ध गराउनुपर्ने उनले बताए ।

कार्यक्रम राेजगार शाखा प्रमुख श्याम पुनकाे सञ्चालन र प्रशिक्षक लक्षण घिमिरेकाे सहजीकरणमा कम्प्युटर तालिम कार्यक्रम सम्पन्न भएको हाे ।

सम्बन्धित् समाचार