गृहपृष्ठ खबर कपिलवस्तु सहित तराईका जिल्लामा हुस्सु, कर्णालीका थोरै ठाउँमा हिमपातको सम्भावना

कपिलवस्तु सहित तराईका जिल्लामा हुस्सु, कर्णालीका थोरै ठाउँमा हिमपातको सम्भावना

प्रकाशित मिति:

७ माघ,काठमाडौं ।

आज कर्णाली प्रदेशका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । देशका बाँकी भूभागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कर्णालीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली भइ एक/दुई ठाउँमा हिमपात हुने सम्भावना रहेको छ ।

साथै, आज बिहान तराईका धेरै जिल्लाका साथै उपत्यकाहरुमा हुस्सु र कुहिरो लागेको छ। यसले जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

सम्बन्धित् समाचार