इंलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले इप्सविच टाउनविरूद्ध गोलको वर्षा गर्दै सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा सिटीले ६-० को विशाल जित दर्ता गरेको हो ।
खेलको २७ औँ मिनेटमा फोडेनको गोल मार्फत सिटीले पहिलो अग्रता हासिल गरेको थियो । ३० औँ मिनेटमा कोभ्यासिकले अग्रता दोब्बर पारे। ४२ मिनेटमै फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।
दोस्रो हाफको ४९ मिनेटमा जेरेमी डोकुले गोल गरे भने ५७ मिनेटमा एर्लिङ हालान्ड र ६९ मिनेटमा जेम्स मिकाटीले गोल गरेपछि सिटीले विशाल जित निकालेको हो ।
जितपछि २२ खेलबाट ३८ अंक सहित सिटी तालिकाको चौथो स्थानमा उक्लिएको छ ।