गृहपृष्ठ खबर तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

प्रकाशित मिति:

८ माघ, काठमाडौं । तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१०  नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार  दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।

मोटरसाइकल दुईवटा साना पुलको बीचमा खसेको छ ।

सम्बन्धित् समाचार