सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले उपलब्ध स्रोत, साधन अनुसारको विकास निर्माणका काम भएको दाबी गरेका छन् । आफु पहिलो पटक उपप्रमुखमा निर्वाचित हुँदा र अहिले नगरप्रमुख भएर काम गरिरहदाँ बाणगंगामा भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य काम भएको उनको भनाई छ ।
विहिबार बाणगंगा नगरपालिका ११ मा अवस्थित सामुदाियक भवनको हलमा भएको नगरस्तरिय सार्वजनिक सुनुवाईमा उठेका प्रश्नको जवाफ दिदैं नगरप्रमुख अर्यालले यस्तो बताएका हुन् ।
उनले सडक पूर्वाधारमा एक चरणको काम भईसकेको भन्दै अब सामाजिक विकासलाई नगरले जोड दिने बताए । सो क्रममा उनले बुङ्ची−जहदी सडकखण्डलाई प्रदेशबाट ४ करोड बढी रकम थप भएर आएको बताए ।
उनले यसै बर्ष उक्त सडकखण्डको काम हुने गरि प्रक्रिया अघि बढेको बताए ।
वडा नं.१० र ११ लाई नगरले विशेष प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको बताउँदै उनले भने, नगरका सबे वडामा समानुपातिक विकास होस् भनेर अहिले नगरले यी २ वडालाई प्राथमिकता दिएको छ । नगरले यस क्षेत्रको विकासका लागि अन्य सम्बन्धित निकायमा बजेटका लागि पहल समेत गरेको छ ।’
उनले चक्रपथ, फोहोरमैला प्रशोधन केन्द्र र बुद्धरंगशालालाई गौरबका योजनाका रुपमा राखेर काम भईरहेको बताए । फोहोरमैला प्रशोधन केन्द्र र बसपार्क निर्माणको लागि नगर जग्गा प्राप्तिको प्रक्रिया रहेको उनले जानकारी दिए । बर्षेनी नदी कटानको विषय गम्भिर रहेको भन्दै उनले भने, ‘नदी कटान नियन्त्रणका लागि अर्बौ रकमको आवश्यक पर्छ । त्यो नगरको स्रोत साधनले सम्भव छैन् । यद्यपी नगरले हरेक बर्ष लाखौं रुपैयाँ विनियोजन गरेर कटान नियन्त्रणको प्रयास गरिरहेको छ ।’
उनले नदी कटानको दिर्घकालीन असरलाई ध्यानमा राखेर नगरले प्रदेश र संघमा पटकपटक बजेट माग गरेको उनले स्मरण गरे । उनले कृषिका लागि पर्याप्त मलको नहुनु राष्ट्रिय समस्या नै रहेको भन्दै माथिबाट आएको मल नै नगरले वितरण गर्दै आएको स्पष्ट पारे ।
उनले भूमि समस्या समाधान आयोग गठन भईसकेकाले अब छिट्टै बाणगंगामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थितको काम पहिले कै विन्दुबाट अघि बढ्ने बताए । उनले यस समसयालाई सधैका लागि अन्त्य गर्न नगरले चाहेको बताए ।
उनले मिडियाले माग गरेअनुसारको रकम भुक्तानी नपाएपछि भ्रामक समाचारहरु पत्रिकामा प्रकाशित गरेको बताए ।
उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाको यस आर्थिक बर्षको हालसम्मको कार्य प्रगति विवरण प्रस्तुत गर्दै शुसासन र पारदर्शीतालाई मूल मन्त्र मानेर काम गरिरहेको बताएका थिए ।
कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, ११ वटै वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, पत्रकारसहित र स्थानीयको सहभागिता रहेको थियो ।
पत्रकार पिताम्बर घिमिरेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार भगवती न्यौपानेले नागकिर अभिमत र पत्रकार मोहन बेल्वासेले विहिर्गमन प्रतिवेदन प्रस्तुत गरेका थिए ।