गृहपृष्ठ खबर निजामती कर्मचारी संगठन लुम्बिनीको अध्यक्षमा आचार्य

निजामती कर्मचारी संगठन लुम्बिनीको अध्यक्षमा आचार्य

प्रकाशित मिति:

बुटवल , २५ माघ । नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ । संगठनको बुटवलमा सम्पन्न दोस्रो अधिवेशनले बुटवलका नेत्रप्रसाद आचार्यको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको संगठनका निवर्तमान अध्यक्ष खगराज उपाध्यायले जानकारी दिनुभयो ।

प्रदेश समितिको उपाध्यक्षमा टुक बहादुर रोका र नन्दा कुमारी नेपाली, महासचिवमा भिमलाल खनाल, सचिवमा जयराम खड्का, शिवराज न्यौपाने र मोहनसिंह सुनार, कोषाध्यक्षमा श्रीराम पाण्डे रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा जंगबहादुर नेपाली, गुप्तबहादुर पुन, अनिल कुमार शर्मा, ठगिश्वर पोखरेल, विष्णुप्रसाद बस्याल, हरिप्रसाद पन्थी, नारायण थापा, विमला पौडेल, नविन पाण्डे रहनुभएको छ।

यस्तै लेखा समिति संयोजकमा शोभाखर ज्ञवाली र सदस्यहरुमा बाबुराम न्यौपाने र ढालबहादुर जिसी रहनु भएको छ ।

सम्बन्धित् समाचार