वैखरी अनलाईन, बाणगंगा ।
अर्घाखाँचीको शितगंगा नगरपालिका- १४ मा रहेको श्री पावर सामुदायिक वन उपभोक्ता समूहले पावर आधारभूत स्वास्थ्य केन्द्रलाई २ थान थ्री सिटर बेन्च प्रदान गरि सहयोग गरेको छ । उक्त बेन्च स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख रामप्रसाद खनाललाई वनका अध्यक्ष विर बहादुर खाम्चाकी, वडाध्यक्ष दामोदर न्यौपाने लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
सो क्रममा उक्त स्वास्थ्य केन्द्रलाई वनकी उपाध्यक्ष तथा गंगाजल कृषि तथा पशु विकास महिला सहकारीकी व्यवस्थापक कृष्णा दर्लामीले ४ थान कुर्ची र समाजसेवी लोकनाथ खनालले २ थान कुर्ची प्रदान गरेका थिए ।
यस्तै मेशिन दुर्घटनामा खुट्टा गुमाएका स्थानीय थमनकुमार ताम्राकारलाई पावर सामुदायिक वनले १५ हजार आर्थिक सहयोग गरेको वनका अध्यक्ष विर बहादुर खाम्चाकीले बताए । ताम्राकारलाई पावर क्षेत्रका अन्य समासेवीहरुले समेत आर्थिक सहयोग गरेका छन् ।
वनका अध्यक्ष खाम्चाकीले आर्थिक तथा शारिरीक रुपमा कमजोर रहेका ताम्राकारलाई केही राहात होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए । उनले आफुहरु वनको व्यवस्थापन, संरक्षण तथा प्रवद्र्धनसंगै सामाजिक कार्यमा समेत सक्रिय रहेको बताए ।
समाज रुपान्तरणमा वनको प्रत्यक्ष भुमिका रहने भएकाले सामाजिक उत्तरदायित्वका कामहरुलाई वनले प्राथमिकता दिएको उनको भनाई छ ।
वडाध्यक्ष दामोदर न्यौपानले वनले उदाहरणीय काम गरेको भन्दै स्वास्थ्य केन्द्रका अभावलाई हटाउने प्रयास गर्ने दायित्व सबैको भएको बताए । उनले स्वास्थ्य केन्द्र व्यवस्थित भए यस क्षेत्रका सबै वडावासीहरुलाई सेवा लिन आउँदा सहज हुने बताए ।
उनले वडा र नगरले समेत स्वास्थ्य केन्द्रको व्यवस्थापकिय पक्षलाई अगामी दिनमा थप व्यवस्थित बनाउँदै लैजाने बताए ।