सागर वि.क., वैखरी अनलाईन ।
बााणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बर (मिनिमार्केट) मा ‘ब्याट्रि संसार’ संचालनमा आएको छ । शनिबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा उद्घाटन भएसंगै ‘ब्याट्रि संसार’ संचालनमा आएको संचालक नारायण प्रसाद घिमिले जानकारी दिए ।
उनले यस क्षेत्रमा लिथियम ब्याट्रिको मागलाई ध्यानमा राखि करिब ५० लाखको लगानीमा ‘ब्याट्रि संसार’ संचालमा ल्याएको बताए ।
उनले घडी, मोबाईल, मोटरसाईकल, स्कुटर, कार, बस, ट्रक, टिप्पर, अटो रिक्सा, ईन्भरटर, सोलार तथा सम्पूर्ण ब्याट्रि लाग्ने ईलेक्ट्रोनिक्स सामानहरुको ब्याट्रिहरु एउटै छानामुनी उपलब्ध गराउने गरि ‘ब्याट्रि संसार’ संचालनमा आएको बताए । उनले Exide, Luminous, Genus, Volta लगायत ब्रान्डका ब्याट्रिहरु पाईने जानकारी दिए ।
ग्राहकलाई आवश्यकता पर्ने कुनै पनि क्षमताको ब्याट्रिहरु उपलब्ध गराउने उनले बताए । नयाँ ब्याट्रिहरु पनि एसेम्बल गर्ने गरि उपलब्ध गराईने उनको भनाई छ । ‘ब्याट्रि संसार’ खुलेसंगै यस क्षेत्रका सेवाग्राही ब्याट्रिकै लागि बुटवल, भैरहवा, काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्वास छ । उनले ‘ब्याट्रि संसार’ मा आउने ग्राहकलाई सुपथ मुख्यमा ब्याट्रिहरु उपलब्ध गराउने बताए ।
‘ब्याट्रि संसार’ का संचालक घिमिरेले चारनम्बर बजार क्षेत्रमा यस क्षेत्रका सेवाग्राहीलाई सिद्धार्थ मोबाईल सेन्टरमार्फत विगत १७ बर्षदेखि सेवा दिदैं आईरहेका छन् ।
सिद्धार्थ मोबाईल सेन्टरको अपार सफलतापछि यस क्षेत्रको बजार बुझेर नै आफु ब्याट्रि व्यवससायमा लागेको उनले बताए ।
पछिल्ला बर्षहरुमा देश छाड्ने युवाहरुको लर्को लागिरहेका बेला घिमिरेले देशमै अपार सम्भावना रहेको पुष्टि गरेका छन् ।
उनले दृढ विश्वास, संकल्प र मेहेनतले नेपालमै बसेर राम्रो आम्दानी गर्न सकिने भएकाले युवाहरुलाई विदेश जादाँ गरिने लगानी आफ्नो दक्षता भएको क्षेत्रमा खर्चिन आग्रह समेत गरेका छन् ।