गृहपृष्ठ खबर वनदेवी सामुदायिक वनद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री र खेलाडीलाई जर्सी उपहार

वनदेवी सामुदायिक वनद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री र खेलाडीलाई जर्सी उपहार

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ मा अवस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहले शैक्षिक सामग्री वितरण गरेको छ । आईतबार भएको वनको पाँचौ बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनमा गरिब तथा जेहेन्दार ३६ जना विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको वनका अध्यक्ष मोतिलाल यादवले जानकारी दिए ।

विधार्थीहरुलाई वडाध्यक्ष रोम बहादुर थापा र सवडिभिजन कार्यालय बड्हराका वरिष्ठ वन अधिकृत कल्याण सापकोटाले संयुक्त रुपमा वितरण गरेको अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार वनले विधार्थीहरुलाई झोला, ड्रेस, कापी र कलम वितरण गरिएको हो ।

वनको बार्षिक निति तथा कार्यक्रम अन्तर्गत बुद्धभूमि नगरपालिका वडा नं.५ भित्र रहेका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विधार्थीहरु छनोट गरि शैक्षिक सामग्री प्रदान गरिएको उनले बताए । उनले विधार्थीहरुलाई पठनपाठनमा प्रोत्साहन गर्न शैक्षिक सामग्री वितरण गरेको बताए ।

वनले वडा नं.५ भित्र रहेको क्रिक्रेट र फुटवल टोलीलाई १५/१५ सेटा जर्सी समेत हस्तान्तरण गरिएको उनले जानकारी दिए । उनले यस वडाबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई जर्सीको अभाव भएको सुचना प्राप्त भएकाले उक्त अभावको अन्त्य गर्न जर्सी प्रदान गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालयका सिनियर वन अधिकृत ईश्वरी प्रसाद पौडेलले सामुदायिक वनसंग जोडिएका उपभोक्ताहरुको मन जित्ने काम गरे मात्र सामुदायिक वन जनताको धन भन्ने भनाई सार्थक हुने बताए । वन सबैको धन भएकाले यसको संरक्षणमा सबै जिम्मेवार भएर लाग्नुपर्ने उनले बताए ।

 

कार्यक्रमका विशिष्ट अतिथि वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले सामुदायिक वनमा हुने आयआर्जनको प्राथमिकता विपन्न घरपरिवार हुनुपर्ने बताए । विपन्न परिवारको आवश्यकता पहिचान गरि त्यसको आपुर्तिमा वनले मद्दत गर्नुपर्ने उनको भनाई छ । वडाध्यक्ष थापाले वडा वनसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । वनको खाली जग्गामा वृक्षरोपण गर्दै आवश्यक स्थानमा तारबार गरेर जान उनले सुझाव समेत दिए । वडाध्यक्ष थापाले एउटा वडाको बजेट भन्दा वनको बजेट धेरै हुने भएकाले दुवैको सहकार्यमा काम गर्दै जान आवश्यक रहेको उनको भनाई छ ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि सवडिभिजन कार्यालय बड्हराका वरिष्ठ वन अधिकृत कल्याण सापकोटाले तुलनात्मक रुपमा वन सानो भएता पनि यसको प्रवद्र्धन गर्दै आम उपभोक्ताको मागलाई पुरा गर्नुपर्ने बताए । उनले वन डढेलो नियन्त्रणमा सबै उपभोक्तालाई चनाखो हुन आग्रह गरे ।

वनका अध्यक्ष मोतिलाल यादवले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले वनको आवश्यकताको प्राथमिकता र पहिचान गरि यथाशक्य आपुर्ति सहज बनाउन आफुहरु लागी पर्ने बताएका थिए । अध्यक्ष यादवले वन क्षेत्रको संरक्षणबाट वन पैदावर उत्पादन वृद्धिदरमा उल्लेख्य सुधार गर्दै आएको बताए । अध्यक्ष यादवले २७० घरधुरी परिवार यस सामुदायिक वनको उपभोक्ता रहेको जानकारी दिए । यस सामुदायिक वन कुल २८७.७१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनका कोषाध्यक्ष मोहम्मद आरिफले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

हिरालाल चौधरीको संचालनमा सम्पन्न उक्त साधारण सभामा गौतमबुद्ध सामुदायिक वनका अध्यक्ष सुर्य मल्ल, राजपुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष शालिकराम सुवेदी, श्री नेपाल राष्ट्रिय मावि चौरीका प्रधानाध्यापक बुद्धिराम अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा वनको संरक्षण, सम्बद्र्धनमा विगतदेखि योगदान गरेका व्यक्तिहरुलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

वनका पदाधिकारी, समाजसेवी, बुद्धिजिवी एवम् उपभोक्ताको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम हिरालाल थारु गिरीको संचालनमा सम्पन्न भएको हो ।

यसैबीच यो समाचार तयार पार्दासम्म वनको प्रथम अधिवेशन अन्तर्गत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ ।

सम्बन्धित् समाचार