गृहपृष्ठ खबर प्यूठानमा शंकास्पद वस्तु विस्फोट, बालक घाइते

प्यूठानमा शंकास्पद वस्तु विस्फोट, बालक घाइते

प्रकाशित मिति:

प्यूठानमा शंकास्पद वस्तु विस्फोट हुँदा एक जना बालक घाइते भएका छन्।

शनिबार दिउँसो साढे २ बजे मल्लरानी गाउँपालिका-३ धरमपानीस्थित एक घरनजिकै शंकास्पद वस्तु विस्फोट हुँदा एक जना बालक घाइते भएका छन्।

११ वर्षीय बालकको प्राथमिक उपचारपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

सोही ठाउँ अनुसन्धानका लागि खटिएको प्रहरीको टोलीले गहुँबारीमा दुई वटा थप शंकास्पद वस्तु फेला पारेको थियो।

उक्त जानकारी पाएपछि नेपाली सेनाको बम डिस्‍पोजल टोली खटिएको थियो।

सम्बन्धित् समाचार