नेपालगन्ज — बाँकेमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका-८ जोलहनपुर्वास्थित अनवर अन्सारी (मन्नी)का ४ वर्षीय छोरा हमजा अन्सारीको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।
मंगलबार दिउँसो १२ बजेतिर घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकको नेपालगन्जस्थित मेडिकल कलेज नर्सिङ होममा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।
छतमा खेल्ने क्रममा खसेर गम्भीर घाइते भएका नाबालकलाई उपचारका लागि भेरी अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज मेडिकल कलेज नर्सिङ होम पुर्याइएको थियो ।