डोटीमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ६० वर्षीया महिलाको मृत्यु भएको छ।
घर पोत्नका लागि रातो माटो खन्न घरभन्दा एक किलोमिटरको दूरीमा रहेको रानीवनमा गएकी बलायरको ढिस्कोले पुरिएर मृत्यु भएको हो।
माटो खन्ने क्रममा सावधानी नअपनाउँदा डोटीमा बर्सेनि यस्ता घटना घट्ने गरेका छन्। रासस