गृहपृष्ठ खबर सिद्धार्थ क्याम्पस : नेबिसघंसगं प्रतिस्पर्धा गर्न ४ बिद्यार्थी सगंठनको गठबन्धन

सिद्धार्थ क्याम्पस : नेबिसघंसगं प्रतिस्पर्धा गर्न ४ बिद्यार्थी सगंठनको गठबन्धन

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।

चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थीको युनियनको निर्वाचनका लागी मगंलबार उम्मेदवारी दर्ता भएको छ ।

कपिलवस्तु जिल्लाको बाणगंगा- १ बुङचीमा रहेको सिद्धार्थ क्याम्पस नेपाल बिद्यार्थी सघं प्रतिस्पर्धा गर्न अन्य ४ बिद्यार्थी सगंठनले चुनावी गठबन्धन गरेका छन ।

सिद्धार्थ क्याम्पसमा नेपाल बिद्यार्थी सघंबाट सभापतिमा पदका लागी मनोज न्यौपानेलाई मैदानमा आएका छन भने सचीवमा अरुण थारु र कोषाध्यक्षमा अनु चौधरी उम्मेदवार छन् ।

यसैबिच मंगलबार एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा निकट अखिल (समाजवादी) बीच चुनावी तालमेल हुँदै संयुक्त उम्मेदवारी दर्ता भएको छ ।

अखिल संयुक्त प्यानलबाट सभापतिमा पशुपति गिरी, सचिवमा अर्चना आचार्य, कोषाध्यक्षमा प्रतीक्षा नेपाली उम्मेदवार बनेकी छिन् ।

 

सम्बन्धित् समाचार