काठमाडौँ । तीन प्रदेशमा राति पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हो ।
महाशाखाका हाल गण्डकी प्रदेश, बागमती र कोशी प्रदेशको पहाडी भू–भागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको छ । ती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन– चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।