कपिलवस्तुको समयथान बहुमुखी क्याम्पसको मतगणनामा विवाद विवाद भएपछि नेविसंघद्वारा तालाबन्दी गरिएको छ ।
एक मतको मतान्तर भएर नेविसंघ पछाडि परेपछि पुनः मतगणनाको गर्न माग गर्दै तालाबन्दी गरिएको त्यहाँस्थित पत्रकार सनिउल्लाह धोवीले जनाएका छन् ।
उनका अनुसार अनेरास्ववियुको ८७ मत आउँदा नेविसंघको ८६ आएको थियो । कुल मत ३३० रहेकोमा २९१ मत खसेको थियो ।
लोसपा र राप्रपा निकट विद्यार्थी संगठनहरुका पनि प्रतिस्पर्धामा रहेका थिए । यो क्याम्पसमा यसअघिको निर्वाचनमा पनि एक मतको फरक परेपछि यस्तै समस्या आएको थियो । त्यो समय तीन पटक मगगणना गर्नुपरेको थियो ।