सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तु मिल व्यवसायी संघको अध्यक्षमा शालिकराम भुसाल चयन भएका छन् । संघको बुधबार सम्पन्न छैठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट भुसाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै संघको उपाध्यक्षमा कृष्ण प्रसाद भट्टराई, सचिवमा तुल्सी घिमिरे, कोषाध्यक्षमा शेशवराज खनाल चयन भएका छन् भने सदस्यहरुमा शम्भु प्रसाद चौधरी, सुकई चौधरी, लोकनाथ अर्याल, श्याम खनाल, नामदेव भट्टराई र विकास गिरी चयन भएका छन् ।
संघको अनुगमन समिति संयोजकमा लक्ष्मण शर्मा चयन भएका छन् भने लेखासमिति समितिमा कुलराज बेल्वासे, हरि प्रसाद भुसाल र राजु पन्थ चयन भएको जनाईएको छ ।
संघको तेस्रो अधिवेशनबाट अध्यक्ष बनेका भुसालले मिल व्यवसायीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सबै मिल व्यवसायीहरुलाई एकताबद्ध बनाउन आपसी सदभाव काम गर्दै ठोस कदम चाल्ने जिकिर समेत गरेका छन् ।
यसैबीच छैठौ बार्षिक साधारणलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले कोरोना महामारीपछि व्यवसायीहरु प्लायन हुने क्रम वृद्धि भएको बताए । यस्तो अवस्थालाई अन्त्य गर्न सरकारले नै ठोस पहल गर्न आवश्यक रहेको उनको भनाई छ ।
व्यवासायीहरु प्लायन हुँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने भएकाले व्यवसायमिैत्री वातावरण आजको आवश्यकता भएको उनले बताए । उनले बाणगंगा नगरपालिका व्यवसायमिैत्री वातावरण तयार गर्दै व्यवसायीहरुसंग सहकार्य गरेर अघि बढ्न प्रतिवद्ध रहेको बताए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले व्यवसायी व्यवसायीबीच आपसी एकता हुनुपर्ने बताए । संकटमा रहेका व्यवसायलाई पुर्नस्थापित गर्न सबै निकायले ठोस कदम चाल्नुपर्ने उनको भनाई छ । उनले युवाहरुलाई आफ्नो ज्ञान, सिप र क्षमता भएको क्षेत्रमा मात्र हात हाल्न आग्रह गरे ।