गृहपृष्ठ खबर नवलपरासीमा पानीको महत्त्व बुझाउन भजनकीर्तन

नवलपरासीमा पानीको महत्त्व बुझाउन भजनकीर्तन

प्रकाशित मिति:

नवलपरासी – नवलपरासीमा पानीको महत्त्व बारे भजनकीर्तनको माध्यमबाट प्रस्तुत गरिएको छ । विश्व पानी दिवसको अवसरमा राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण प्रतिष्ठान नेपालले पानीको महत्वका विषयमा साँस्कृतिक प्रस्तुतिकरण गरेको हो ।

सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको परिसरमा भएको कार्यक्रममा आउँदो पुस्ताका लागि पानी जोगाऔं, भू–उपयोग र संरक्षण गरौं, बृक्षारोपण गरी ताल तलैया र हिमनदी जोगाऔं भन्ने सन्देशसहितका भजन प्रस्तुत गरिएको खानेपानी महासंघका जिल्ला सचिव मुक्तिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासीको आयोजना, खानेपानी तथा सरसफाइ कार्यालय परासी, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज र सुनवल खानेपानी संस्थाको सहकार्यमा पानीको महत्व बुझाउन भजनकीर्तन गरिएको हो ।

सम्बन्धित् समाचार