गृहपृष्ठ खबर रूपन्देहीबाट लागूऔषधसहित दुई युवा पक्राउ

रूपन्देहीबाट लागूऔषधसहित दुई युवा पक्राउ

प्रकाशित मिति:

भैरहवा — प्रहरीले लागूऔषधसहित रूपन्देहीबाट दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासका २३ वर्षीय सुदीप गुरुङ र २७ वर्षीय ईश्वर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बिहीबार बुटवल उपमहानगरपालिका–९ स्थित चौराहबाट उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सेरिज्याक ५० एम्पुल्स, फेनारागन ५० एम्पुल्स र टालजेसिक नामको लागूऔषध ५० एम्पुल्स बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी तथा सूचना अधिकारी सुरज कार्कीले बताए ।

नेपालमा यी औषधिको आयात तथा बिक्री वितरणमा प्रतिबन्ध छ । लागू पदार्थ दुर्व्यसनी तथा कारोवारीले लुकाएर भारतमा खरिद गरी यी औषधि नेपाल ल्याउने गर्छन् ।

सम्बन्धित् समाचार